देशैभर मौसम बदली, भोलिदेखि घाम लाग्ने



जाडो सकिनै लाग्दा शुक्रबार देशभरी मौसम परिवर्तन भइ चिसो बढेको छ ।

पश्चिम नेपाल हुँदै आएको बायुको प्रभावले मौसममा बदली आएको हो । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभरी नै फाटफुट बर्षा हुने सम्भावना रहेको छ । ‘शुक्रबार फाटफुट बर्षा भएपनि शनिबार देखि मौसममा सुधार आउनेछ । ’ महाशाखाकी मौसमविद् विभुति पोख्रेलले भनिन् ‘जाडो क्रमश हट्दै जाने अवस्थामा छ मौसममा बदली आएपछि केहि जाडोको अनुभव भएपनि जाडो बढ्ने अवस्था छैन ।’

विभागका अनुसार उच्च हिमाली भेगमा हिमपात भएको छ । केहिदिनयता बढेको न्यानो अलि कम भएपनि खासै त्यस्तो चिसो भएको छैन । देशका पश्चिमी भागमा विहिवार साँझ देखि नै फाटफुट बर्षा सुरु भएको थियो । पोख्रेलले भनिन् ‘शनिबार दिउसोसम्ममा पश्चिमी वायु पुर्वी नेपालहुँदै बाहिरीनेछ ।’

सामान्यतया नेपालमा नोभेम्बर महिनादेखि चिसो बढ्दै जाने र जनावरी सकिँदै जाँदा चिसो कम हुँदै जान्छ । जल तथा पुर्वानुमान महाशाखाका अनुसार यो वर्ष ढिला जाडो सुरु भयो र छिट्टै जाडो गयो । जनावरी महिनामा काठमाडौंको तापक्रम शुन्य डिग्रीमा झरेको थियो । तर धेरै समय तापक्रम एउटै स्थितिमा नरहेको र छिट्टै बृद्धी भएका कारण धेरैजाडो भने भएन ।

यो वर्ष महाशाखाले जनावरी १४ (माघ १)मा काठमाडौंको न्युनतम तापक्रम ० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको थियो । यो वर्ष काठमाडौंको तापक्रम यो भन्दा कम भएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics