किसानले पाए ९० प्रतिशत अनुदानमा कृषि सामग्री



धनकुटाका भूकम्पपीडित किसानलाई सहुलियतमा कृषि उपकरण सामग्री वितरण गरिएको छ ।
आधुनिक कृषि प्रणालीको प्रयोग गरी कृषि उपज बढाउन कृषि विकास कार्यालय धनकुटाले भूकम्प पीडित किसानहरू लार्इ ९० प्रतिशत अनुदान मा कृषि उपकरण वितरण गरेको छ ।

कृषि विकास मन्त्रालयको सिफारिसमा जिल्लाका रातो परिचयपत्र पाएका भूकम्पपीडित किसानलाई ४६ थान कृषि औजार उपकरण ९० प्रतिशत सहुलियतमा पुनःनिर्माण कोषको रकम बाट उपलब्ध गराएको कृषि विकास कार्यालय ले जनाएको छ ।

कार्यक्रममा किसान लागि १० थान कर्नसेलर मेसिन, ६ थान खेत जोत्ने मिनी टिलर र ५ थान धान तथा गहुँ झार्ने थ्रेसर मेसिन वितरण गरी त्यसको प्रयोगबारे जानकारी गराइएको थियो ।

त्यसै गरी,जिल्लाका विभिन्न ग्रामिणि क्षेत्रका किसानका लागि दुई हजार २४४ थान बीउबिजन भण्डारण गर्ने हार्भेस्टिङ्ग ब्याग, १० थान थोपा सिँचाइमा प्रयोग गरिने सामग्री ४२ थान प्लाष्टिक पोखरी बनाउने सामग्री समेत वितरण गरिएको कार्यालयका प्रमुख भरत विडारी ले बताए ।

कार्यक्रममा २२ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको कृषि उपकरणहरू वितरण गरिएको हो। भूकम्प पिडितहरुले कार्यालयमा आवेदनको प्राथमिकताका आधारमा ७३ भूकम्पपीडितलाई त्यस्ता सामग्री वितरण गरिएको हो ।

जिल्लामा रातो कार्ड प्राप्त दुई हजार ७९६ घरधुरी भूकम्पपीडित रहेका छन् ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics