आर्थिक पत्रकारिता गर्न चाहनेहरुलाई तालिमको अवसर

    33027   

 

डेनिस सरकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को साझेदारीमा परम्परागत चिया, अदुवा, दूग्धजन्य पदार्थ र अलैंचीको मूल्य श्रृंखलालाई प्राथमिकतामा राखेर बजारिकरणको विकास र जिम्मेवार व्यापारिक प्रयासको अवलम्बनका लागि पैरवी चुनौती कोषका माध्यमबाट परियोजनाहरु सञ्चालन भईराखेका छन् । यो कार्यक्रम नेपालको पूर्वी क्षेत्रका सात जिल्लामा लागु भइरहेको छ । यसै अन्तर्गत सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) ले  स्थानीय पत्रकारहरुको आर्थिक पत्रकारितामा क्षमता अभिबृद्धिका लागि आधारभूत तथा विशिष्ट तालिमहरुको आयोजना गर्दैछ । त्यसैले ईलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभामा कार्यरत सक्रिय पत्रकारहरुबाट आवेदन आह्वान गरिन्छ । आवेदन यही साउन ५ गते बिहीबारसम्म acorab@gmail.com मा पठाउनुहुन अनुरोध गरिन्छ ।

प्राप्त आवेदनका आधारमा प्रत्येक जिल्लामा १० जना छनौट गरी साउनको दोस्रो साता आधारभूत तालिमको आयोजना गरिनेछ । सहभागीहरुमध्ये उत्कृष्ट २५ जनालाई विशिष्ट तालिममा सहभागिता गराइनुका साथै रेडियो फेलोसिप प्रदान गरिनेछ । फेलोसिप पाउने सहभागीले बनाएका रेडियो रिपोर्टहरु CIN को साझा खबरमा प्रशारण तथा न्युज वेबसाइट (www.cinnetwork.org)मा प्रकाशन गरिनेछ ।

थप जानकारीका लागि सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को टेलिफोन नं ०१-५२६०६७१ मा सम्पर्क गर्नुहोला । नम्बर पुन: एक पटक ०१-५२६०६७१
यो सूचना अकोराबको वेबसाइट www.acorab.org.np मा पनि हेर्नुहुन अनुरोध गरिन्छ ।

Website link:

http://acorab.org.np/docs/publicationManagement/d7028307907e88d34c72c88ba362f13f.pdf

 

प्रतिक्रिया दिनुहोस

web
analytics