रातु र गगन खोलामा पानी नाप्ने प्रविधि जडान

फाेटाे : सुन्दर राई / ईसिमाेड


रातु र गगन खोलामा बाढी सम्बन्धि पूर्व जानकारी दिने नयाँ प्रविधि टेलिमेट्री जडान भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत समुदायमा आधारित बाढी तथा हिमताल बिष्फोटन जोखिम न्यूनिकरण आयोजना  र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड)ले रातु र गगन खोलामा बाढी सम्बन्धि पूर्व सूचना दिने टेलिमेट्री जडान गरेको हो ।

यसमा दिगो पर्यावरण–ईन्जिनियरिङ्को पाँच जना समुह, जलतथा मौसम विज्ञान विभागबाट एकजना र इसिमोडबाट एक जनाको संयुक्त प्रयासमा टेलिमेट्रि जडान गरिएको थियो । रातु र गगन खोलामा नयाँ प्रविधि जडान सँगै जनचेतना मुलक कार्यक्रम पनि गरिएको थियो । यस टेलिमेट्रिको लागि स्थानियलाई थप जानकारी दिन भदौ ६ देखी ९ गते सम्म तालिम आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यलयमा पनि यसको सूचना जाने बनाउने इसिमोडका सागर बजाचार्यले बताए । रातु र गगन खोलमा उक्त प्रविधि जडान गनुअघि काठमाडौंको खोकना खोलामा परीक्षण भएको थियो ।



टेलिमेट्री प्रविधि अत्याधुनिक छ ।टेलिमेट्री समुदायमा १,२ र ३ गरी तीन तहबाट एसएमएस प्रवाह हुन्छ । खोलामा पानी बढेको छ, पानी एक्दमै धेरै बढेको छ र पानीले कुनै पनि अवस्थामा ज्यान लिन सक्छ अर्थात खतरा छ भनेर यसले सूचना दिने छ ।

समुदायले विश्वास गर्ने व्यक्ति जस्तैः मुखिया, जिम्मावाल र समुदायिक सञ्जालको अध्यक्ष र सरकारी निकायबाट टेलिमेट्रीले सूचना दिने काम गर्छ । समुदायका मुखियाले सूचना पाएपछि उनीहरुले समुदायका अरु मान्छेलाई एसएमएस मार्फत जानकारी दिने गर्छन् । यसो हुँदा संभावित दुर्घटनाबाट जोगिन सकिन्छ ।

टेलिमेट्री नेपालमा नै आविश्कार गरिएको मेसिन हो । यो मेसिन बनाउन करिब ४ लाख रुपैयाँको लगानी रहेको छ । यस मेसिनले समुदायमा आधारित बाढी प्रारम्भिक चेतावनी र योजना व्यवस्थित एकीकृत प्रणाली हो । यसले समुदायका लागि, बाढीजन्य जोखिम कम गर्न वास्तविक समयमा चेतावनी दिन्छ ।



रातु र गगन खोलाका आसपासमा बाढीले वर्षेनी बढी प्रभावित पार्ने गरेको छ । यो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन यो प्रविधिले सहयोग पुर्याउने विज्ञहरुको अपेक्षा छ । सरकारी एक दशकको तथ्यांक हेर्ने हो भने रातु खोलाले मात्र एक दर्जन मानिसको ज्यान लिइसकेको छ । ३५० भन्दा बढि घरलाई क्षति पुर्याएको छ भने धेरै वन र खेतीयोग्य जमिनमा असर गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics