नयाँ आइफोनका यस्ता छन् विशेषता ?



तस्बिर राेयटर्स 

एप्पलले मंगलबार राति आफ्नो नयाँ उत्पादन आइफोन ८ र ८ प्लस सार्वजनिक गरेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ फोन सार्वजनिक गर्दै आइफोन ८ र ८ प्लसलाई अहिलेको उत्कृष्ट फोनको संज्ञा दिएका छन् ।

यो सँगै एप्पलले आफ्नो पहिलो फोन सार्वजनिक भएको दशवर्षको अवसरमा आइफोन 'x'अर्थात टेन ल्याउने जनाएको छ । यो सँगै आइफोन ९ नआउने भएको छ ।

एप्पलका कार्यकारी प्रमुख अधिकृत कुकले आइफोन टेनलाई भविष्यको प्रविधि बताएका छन् । एप्पलले आइवाच थ्री र नयाँ एप्पल टिभी पनि सार्वजनिक गरेको छ । आइवाचले सिरीसहित फोरजी पनि सपोर्ट गर्छ ।

के छन् विशेषता आइफोन ८ र ८ प्लसमा

यी दुवै फोनमा फोनमा आइफोन सेभेन र सेभेन प्लसकै विशेषतालाई सुधारिएको छ । यी फोनको नयाँ विशेषता भनेको यसमा वायरलेस चार्जिङ छ । जुन यसअघिका आइफोनमा थिएनन् । आइफोन ८ को स्क्रिन ४ दशमलव ७ इन्च छ भने ८ प्लसमा ५ दशमलव ५ इन्च रहेको छ ।

दुवै फोनमा होम बटन र टस आइडी राखिएको छ । दुवै फोनमा ट्रु टोन फिचरले फोनको कलरलाई बाहिरी प्रकाशसँग एड्जस्ट गर्नेछ । दुवै फोनमा ए एलेभेन बायोनिक प्रोसेसर प्रयोग गरिएको छ जुन अघिल्लो ए टेन प्रोसेसर भन्दा छिटो काम गर्न सक्नेछन् । यसमा सिक्स कोर सिपीयू प्रयोग गरिएको छ ।

आइफोन ८ मा अप्टिकल इमेज स्टेबलाइजेसनसहितको १२ मेगापिक्सेलको क्यामेरा छ भने ८ प्लसमा १२ मेगापिक्सेलको दुई क्यामेरा छन् ।

दुवै फोन ६४ जिबी र २५६ जिबी मोडलमा उपलब्ध हुनेछन् । सेप्टेम्बर १५ देखि बुकिङ सुरु हुने यी फोनहरु सेप्टेम्बर २२ देखि डेलिभर हुने कम्पनीले जनाएको छ ।

कस्तो हुनेछ आइफोन 'x' अर्थात टेन



एप्पलले आइफोन टेनमा केही नयाँपन दिएको जनाएको छ । यसलाई प्रमुख टिम कुकले भविष्यको स्मार्टफोनको संज्ञा दिएका छन् । यसमा अनलक गर्नको लागि फिंगरप्रिन्ट नभएर फेसआइडी प्रयोग गरिएको छ । यो प्रविधिले फोन लक भएको बेलामा समेत प्रयोगकर्ताको मुहारलाई चिनेर स्लाइड गर्नासाथ अनलक हुन्छ ।

फेस आइडी प्रविधि फिंगर प्रिन्टभन्दा कयौं गुणा सुरक्षित रहने कम्पनीको दाबी छ । यसले आइफोन लक गर्नबाहेक अन्य थर्ड पार्टी एपको लागि पनि काम गर्नेछ ।

५.८ इञ्चको ओएलइडी डिस्प्ले भएको यो फोनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ। यसले एचडीआरसमेत सपोर्ट गर्छ।

यसमा २१ मेगापिक्सेलको दुवईवटा रेअर क्यामेरा प्रयोग गरिएको छ । यसले प्रयोगकर्ताको हाउभाउ अनुसार तत्काल इमोजी बनाउन सक्नेछ । फ्रन्ट क्यामेरामा पनि पोट्रेट मोड राखिएको छ । आइफोन टेन ६४ जिबी र २५६ जिबी मोडलमा उपलब्ध हुने जानकारी दिइएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics