हात्ती उपहार दिने भनेर घोषणा गर्ने, हस्ताक्षर नहुने

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – नेपालले कतारलाई दुई हात्ती उपहार दिने सम्झौतामा हस्ताक्षर नहुने भएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई सरकारले चितवनमा रहेका ५ वर्षकी रूद्रकली र साढे ४ वर्षको खगेन्द्रप्रसाद हात्ती उपहार दिने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरे पनि अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा हुन बाँकी छ । यसरी हात्ती एक देशबाट अर्को देश लैजान वा उपहार दिन अन्तर्राष्ट्रिय सन्धि (साइटिस)ले अनुमती दिनुपर्छ ।

हाल अनुमती लिने प्रकृयामा नै रहेकाले हात्ती उपहार दिने सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमिरको आज भेटवार्ता हुँदैछ । भेटवार्तामा अन्य विषयमा भने हस्ताक्षर हुने छ ।

आजको भेटमा हात्ती उपहार दिने भनेर प्रधानमन्त्रीले घोषणाचाहिँ गर्नेछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics