जापानले बनाउँदै चन्द्रमा र मंगल जोड्ने बुलेट रेल

काठमाडौं – जापानले चन्द्रमामा बुलेट रेल चलाउने तयारी गरेको छ । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मंगल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् ।

यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । यो एउटा सोली आकारको भवन हुनेछ जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।

उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउनेछ । यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधाहरू हुनेछन् ।

त्यसमा एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिटका साथै हरियाली र पानीको सुविधा पनि हुनेछ । काजिमा कन्स्ट्रक्सनले यो भवनको एउटा काल्पनिक नमूना पेस गरेको छ, जसमा यसको पूर्ण योजना देखाइएको छ ।

साधारण भाषामा भन्नुपर्दा यो एउटा उल्टो सोली जस्तै हो जुन पृथ्वीजस्तै लगातार घुमिरहनेछ । परिक्रमणका कारण यसको केन्द्रमा एउटा दबाब सिर्जना हुनेछ जसका कारण यसभित्र पृथ्वीमै जस्तो गुरुत्वाकर्षणको अनुभूति हुनेछ ।

वैज्ञानिकहरूका अनुसार सन् २०५० सम्ममा १३ सय फिट अग्लो तथा ३२८ फिट व्यासको एउटा प्रोटोटाइप तयार हुनेछ । यद्यपि यसको अन्तिम भेरिएन्ट बनेर सञ्चालन हुनका लागि भने एक शताब्दीसम्मको समय लाग्नसक्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics