लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा भएको घटना प्रति प्रगतिशील वन प्राविधिक संघको भत्सना

काठमाडौं – प्रगतिशील वन प्राविधिक सङ्घ, नेपालले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा भएको तोडफोड, निकुञ्जका कर्मचारी माथि भएको हातपात, दुर्व्यवहार र अपमानजनक अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वैशाख १४ गते दिउँसो नेपाली कांग्रेश नेता एवं तरुणदल रसुवाको सभापतिको नेतृत्वमा उक्त घटना भएको भन्दै सो घटनाको संघले निन्दा एवं भत्सना गरेको हो ।

२९औं वन्यजन्तु सप्ताह तथा १२औं रेडपाण्डा ट्रफी कार्यक्रम लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईकुण्ड गाउँपालिका र स्थानीय संघ–संस्थाहरु निर्णय अनुसार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा २०८१ वैशाख १ देखि ७ सम्म मनाएको थियो । उक्त वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम नेपाली कांग्रेश निकटको गैह्र सरकारी संस्था मार्फत गर्नुपर्ने भन्दै रसुवा कांग्रेशका नेताहरूले निकुञ्ज प्रशासनलाई दवाव दिएको र गैसस मार्फत गर्न नपाएकोमा रसुवाकै कालिकास्थानमा सोहि नामवाट किर्ते कार्यक्रम आयोजना गरी सरकारी छापको समेत दुरुपयोग गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

कालिकास्थानमा आयोजित कार्यक्रमको मन्तव्यको क्रममा नेपाली कांग्रेश रसुवाको सभापति पेम्वा छिरिङ तामाङले वार्डेनको खुट्टा भाँच्ने, कुटपिट गर्ने, रसुवा जिल्लाबाट खेद्ने लगायतका आपत्तीजनक अभिव्यक्ति दिएको सामाजिक सञ्जालहरूमा भिडियो देखिएको संघको भनाई छ ।

संघकी संयोजक शोभा सुवेदीद्धारा जारी विज्ञप्ति यस्तो छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics