बाढीको जोखिमको भविष्यवाणी गर्न अस्ट्रेलियामा एआईको प्रयोग

सिड्नी - अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य न्यु साउथ वेल्सले बाढीको सम्भावित प्रभावको भविष्यवाणी गर्न कृत्रिम बौद्धिकता (एआई) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।

सरकारले मंगलबार एक विज्ञप्तिमार्फत यसले गम्भीर मौसमी घटनामा समुदायलाई जोगाउन मद्दत गर्न सक्ने उल्लेख गरेको छ । वास्तविक–समय मौसम जानकारी दिन ब्युरो अफ मेटियोरोलोजी डेटा र बाढी जानकारीसँग त्यसलाई जोडिएको विज्ञप्तिमा उल्लेख छ ।

परिदृश्य (भिजुअलाइजेसन) र स्पेसियल डिजिटल ट्विन (प्रयोगकर्तालाई मोडेलहरूका रूपमा डेटाको विश्लेषण गर्न एकै ठाउँमा ठूलो मात्रामा डेटा व्यवस्थित गर्न सक्षम बनाउने) मार्फत परिदृश्य र निर्मित वातावरणमा परिवर्तन प्रदर्शन गर्न सम्भव भएको भनिएको छ ।

पूर्वाधार र समुदायमा जोखिम भविष्यवाणीमा प्रयोग गर्न सकिने र राज्यको आपत्कालीन सेवालाई लक्षित अलर्टमार्फत प्रभावित समुदायमा जानकारीको द्रुत प्रसारका निम्ति डेटाको सम्भावित रूपमा प्रयोग गर्न यसले मार्गप्रशस्त गर्छ । रासस/सिन्ह्वा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics