अब ह्वाट्सएपमा ग्रुप कलिङ

अब ह्वाट्सएप प्रयोगकर्ताले ग्रुप भ्वाइस तथा भिडियो कल गर्न पाउने भएका छन् । मेसेजिङ एप ह्वाट्सएपले छिट्टै नै ग्रुप कलिङ फिचर आउने भएको छ । । यो महिनाको सुरुमै उक्त वेबसाइटले ग्रुप भ्वाइस कलिङ फिचर ल्याउनका लागि ह्जाट्सएपले आन्तरिक काम गरिरहेको खबरको खुलासा गरेको छ । ह्वाट्सएप प्रयोगकर्तालाई एकैपटकमा एकभन्दा धेरै साथीहरुसँग कल गर्ने सुविधा प्रदान गर्नेछ ।

सन् २०१८ को सुरुदेखि नै ह्वाट्सएपमा यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

हाल ह्वाट्सएपले नयाँ आइओएस बिटा भर्सनमा यो फिचर परीक्षण लागि सुरु गरेको छ ।
गत साता ह्वाट्सएपले लाईभ लोकेसन फिचर लञ्च गरेको थियो यो फिचरबाट आफु भएको स्थानाको जानकारी आफ्नो साथीहरुलाई गराउन सक्दछन् ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics