तत्कालका लागि ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन



माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कालका लागि बन्द गरेको छ । ट्वीटरका संस्थापक सिइओ ज्याक डर्सीले ट्वीट गदैं यस्तो लेखेका छन् , ‘हाम्रा एजेन्टहरुले भेरिफिकेसन पोलिसीलाई अहिलेसम्म सही ढंगले फलो गर्दै आएका छन् । तर केही समय पहिले हामीलाई यो महसुस भयो कि यो प्रक्रियामा केही गडबडी छ, जसलाई ठीक पार्नु जरुरी छ । हामीले यसमा पहिले नै काम गर्नु आवश्यक थियो । तर हामीले ध्यान दिएनौँ र यसमा हाम्रो असमर्थता रह्यो । हामीले यसलाई छिटो भन्दा छिटो ठीक पार्ने काम गरिरहेका छौँ । ’

ट्वीटरले एक विज्ञप्तीमा यस्तो लेखिएका छ  : 
कुनै पनि अकाउन्टको भेरिफिकेसनको अर्थ त्यस अकाउन्टको पहिचान गरिएको वा उसको आवाजलाई मान्यता दिनु थियो । तर ब्लू टिक दिनु अर्थात् अकाउन्ट भेरिफाइ गर्नुलाई सम्बन्धित अकाउन्टलाई ट्वीटरले नै समर्थन गरेको प्रमाणका रुपमा बुझियो । यो भ्रम हामीले नै पैदा गरेका हौँ र अब यसलाई सच्चाउनु पर्दछ । हामीले यस विषयमा काम पूरा नगरेसम्म अकाउन्ट भेरिफिकेसनलाई रोकिएको छ ।

ट्वीटरले हालै एउटा नीति बनाएको थियो, जस अनुसार जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्ने वा ब्लु टिक लिनका लागि निवेदन दिन सक्थे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics