नेपालमा पहिलो पटक रोबोटले सर्भिस दिने रेष्टुरेन्ट



नेपालमै पहिलो पटक न्यूरोडको पिपुल्स प्लाजामा रोबोटले सर्भिस दिने रेष्टुरेन्ट खुल्न लागेको छ । केकेएफसी नाम उक्त रेष्टुरेन्टको औपचारिक उद्घाट्न अगामी मंसिर ८ गते शुक्रबार हुनेछ ।
विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किने लक्ष्य राखिएको छ । तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics