जलवायु परिदृष्य प्रतिवेदनमाथि छलफल

तस्बिर: जीतेन्द्रराज बज्राचार्य/ इसिमोड


जनसंख्या तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्वन्धि अनुकुलन योजनाको परिदृष्य प्रतिवेदन तयार गरेको छ । एकीकृत अन्तराष्टिय पर्वतीय विकास केन्द्रलगायतसंगको सहकार्यमा तयार गरिएको उक्त प्रतिवेदनमाथि मन्त्रालयले सरोकारवाला निकायका प्रतिनिधि र विशेषज्ञहरुलाई बोलाएर छलफल गरेको हो ।

मन्त्रालयले जलवायु परिवर्तनबाट जोखिममा परेका समुदाय, भौगोलिक क्षेत्र, भौगोलिक पूर्वाधार, सम्पदा तथा पारिस्थितीकीय प्रणालीमा परेको असर न्युन गर्नेगरी मध्यकालिन र दीर्घकालीन कार्यक्रम समेटेर अनुकुलन योजना बनाएको थियो ।

विभिन्न विषयगत विशेषज्ञहरुको सहयोग लिएर मन्त्रालयले क्षमताको अवस्था र लेखाजोखासम्वन्धि प्रतिवेदन, अवस्था झल्काउने प्रतिवेदन र जलवायु संकटासन्नतासम्वन्धि खाकालगायतका कार्य सम्पन्न गरिसकेको छ ।

मन्त्रालयका उपससचिव तथा न्याप संयोजक नरेश शर्माले अहिले सम्म तयार गरिएका खाकालाई कार्यान्वयन गर्नका लागि जलवायु परिदृष्यसम्वन्धि प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदनमाथि छलफल गर्न गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञहरुले सुझाव दिएका छन् । वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख सहसचिव डा।महेश्वर ढकालले राष्ट्रिय अनुकुलन योजना तर्जुमा कार्यान्वयनका सन्दर्भमा जैविक विविधताका पक्षलाई भुल्न नहुने सुझाव दिए । उनले भने, यो प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा वन्यजन्तु र तीनको आहार र वासस्थानमा परेको असर न्युनीकरणबारे पनि ध्यान दिन जरुरी छ ।

संयोजक शर्माले जलवायु परिवर्तनका गतिविधि विज्ञानसँग सम्बन्धित भएकाले समाजको तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले प्रतिवेदन तयार गरिएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics