हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



कोशिटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी बुधबार उदयपुरको बेलका नगरपालिका–३ मा एक व्यक्तिको मृत्यु भएको छ।

तीन वटाको समुहमा आएका हात्तीको आक्रमणमा घरमै सुतिरहेका ३५ वर्षीय कुमार सार्कीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले हात्तीले सार्कीलाई उठाएर ५० मिटर पर लगी च्यापेर मारेकोे जानकारी दिए।

बिहान करिब ४ बजे घरमै सुतिरहेका सार्कीमाथि हात्तीले आक्रमण गरेको थियो ।

हात्तीलगायतका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने गरेको छ । नेपालमा सबैभन्दा बढी हात्तीका कारण बढी मानवीय क्षति हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics