‘कृषि विकासको बाटो प्राङगारिक कृषि’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजधानीमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलन ‘कृषि विकासको बाटो  प्राङगारिक कृषि ’ रहेको निष्कर्षको साथ समापन भएको छ ।

प्राङगारिक कृषि सरकारको प्राथामिकतामा रहेको कृषि मन्त्री चक्रमणी खनालले जानकारी दिए । अन्तर्राष्ट्रिय विज्ञबाट आएको सुझावलाई केन्द्रित भएर जमिनलाई बाझो हुन नदिएर भोलिको दिनमा अगाडि बढ्न मन्त्री खनालले बताए । प्राङगारिक कृषि बाटो नेपालले अपनाउने सम्मेलनले मदत गर्ने उनले उल्लेख गरे ।

प्राङगारिक कृषि प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभव र प्रयासहरूको बारेमा जानकारी लिन यो कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि विकासको बाटो भएकोले कसरी त्यस तर्फ नेपाली कृषिलाई लैजान सकिन्छ सो को खाका बनाउन कार्यदललाई यस सम्मेलनले सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशलाई अर्गनीक कृषि प्रदेश भनेर घोषणा गर्ने वातावरण सिर्जना गर्ने जानकारी दिइन । उनले भनिन,‘ अहिले पनि कर्णाली प्रदेश ७० प्रतिशत भर्जिन र अर्गनीक रहेको छ । कर्णालीमा अब चाँडो नै अर्गनिक कृषि अनुसन्धान केन्द्र स्थापना हुने छ । ’

सांसद प्रदीपगिरीले समाजवादको कार्यान्वयनको उत्कृष्ट मोडेल दिगो कृषिको सूत्रधार प्राङगारिक कृषि प्रवर्द्धनको विकल्पसमेत नभएको उल्लेख गरे।

यस सम्मेलनमा क्युवा, भुटान र भारतका प्राङगारिक कृषिसँग सम्बन्धित विशेषज्ञहरू, अभियन्ताहरू र वैज्ञानिकहरूले आ–आफ्ना देशमा प्राङगारिक कृषि प्रवर्द्धनका लागि भएका प्रयासहरूका बारेमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

यसै क्रममा नेपाली कृषकहरूले पनि प्राङगारिक कृषिसँग सम्बन्धित आफ्ना अनुभवहरू आदानप्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री र राज्यमन्त्री, प्रदेश भूमीब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरू, सङ्घीय तथा प्रदेश सांसदहरू, कृषि क्षेत्रका उच्च पदस्थ सरकारी कर्मचारीहरू, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरू, स्थानीय तहका प्रमुखहरू, प्राङगारिक कृषिका अभियन्ताहरू, किसान सघसंगठनहरु, गैर सरकारी क्षेत्रका प्रतिनिधिहरू, कृषि व्यवसायीहरू लगायतका विभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।

प्राङगारिक कृषि प्रवद्र्धनकालागिउच्च स्तरीयकार्यदलले यस अघि राजधानी, सबै प्रदेश सरकार र केही स्थानीय तहहरूमा समेत परामर्श र अन्तरक्रिया कार्यक्रम गरी सुझावहरू सङ्कलन गरेको छ । यस सम्मेलनमा विशेषता प्रांगारिक कृषिमा अगुवाई गरि रहेका देशका विषय विज्ञहरू र नेपालका सरोकारवालाहरू बिचको बृहत् परामर्शबाट महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको छ ।

रासायनिक मल र विषादीको विकल्पका प्रविधिहरूको विकास र बिस्तार गरी कृत्रिम रसायन, रसायनमा आधारित विषादी, हर्मोन र नसड्ने प्लास्टिक बिस्थापितगर्नु पर्ने, सबैतहको शैक्षिक पाठ्यक्रममा प्रकृति, खेतीपाती र पोसिलो खाना समावेश गर्नु पर्ने, आमनागरिकको जागरणका कामहरू गर्नु पर्ने, प्राङगारिक कृषि प्रवर्द्धनका लागि तिनै तहका सरकारहरूमा छुट्टै संस्थागत संरचनाहरू आवश्यक पर्ने, रसायन प्रयोग नै नभएका क्षेत्रहरूको पहिचान गरी प्राङगारिक क्षेत्र बिस्तार गर्नु पर्ने लगायतका विषयहरूमा सुझावहरू दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics