नेपालमा मनसुन शुरू
- नेचर खबर
सामान्यतय नेपालमा मनसुन जुन १० मा भित्रिने गरे पनि यो वर्ष भने १० दिन ढिला गरेर ५ असारबाट नेपाली आकाशमा मनसुन भित्रिएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल आइपुगेको मौसमविद्हरुले बताएका छन् ।
पूर्वी नेपालबाट मनसुन सक्रिय हुने भए पनि मुलुकभर यो प्रणाली फैलिन अझै ७ देखि १० दिन लाग्ने देखिएको छ ।
विभागका अनुसार पूर्वी नेपालको आकाशमा ठूलो मात्रामा पानीको बाफ बोकेको हावा भित्रिएको छ । र यसले भारी वर्षा गराउन शुरु गर्नेछ ।
पहिलो चरणमा आएको मनसुनी हावाले पश्चिम नेपालसम्म पानी पार्न नसक्ने आकलन विभागको छ ।
यसका लागि पश्चिमको अरब सागरबाट उठेको हावा पनि नेपाली आकाशमा आइपुग्नुपर्ने हुन्छ ।
पश्चिम नेपालको भूगोल बंगलाको खाडी र अरब सागरका दुई तटको बीचतिर पर्ने भएकाले सामान्यतया पश्चिम नेपालमा कम वर्षात् हुने गरेको छ ।
नेपाली सीमाबाट बंगालको खाडी नजिकै पर्ने भएकाले पूर्वबाट नै मनसुन शुरु हुन्छ र पूर्वबाट नै अन्त्य ।
गण्डकी पश्चिममा मनसुन शुरु हुन केही ढिला हुने भए पनि यो वर्ष पूर्वी भागमा भन्दा पश्चिम नेपालमा बढी पानी पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस