विद्युतिय बस किन्न साझालाई प्रदेश नम्बर तीन सरकारले दियो ३० करोड
- नेचर खबर
साझा यातायात सहकारी संस्थालाई विद्युतिय बस खरिदका लागि प्रदेश नम्बर तीन सरकारले रकम हस्तान्तरण गरेको छ ।
प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको हो ।
सोमबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भयो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।
ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए ।
काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्ने बताए । काठमाडौं उपत्यका भित्र फ्लाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले निर्माण गर्ने बताए ।
कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस