पोखरामा बन्जी जम्प फस्टाउँदै



पोखरामा हिमाल हेदैं पछिल्लो करिब तीन महिनामा १२ सय ३० जनाले बँन्जी जप गरेका छन् । हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले कोरोनाको कहरसँगै चैत ११ देखी बन्द भएको कम्पनी असोज १९ देखी पूर्ण सुचारु भएको थियो।

कम्पनीका अनुसार असोज १९ देखी पुस १६ सम्म १२ सय ३० जनाले सहासिक खेल बन्जी जम्मको मज्जा लिएका हुन।


त्यस्तै पूर्ण सुचारु पछि एक हजार ८९ जनाले जीपलाईनबाट मज्जा लिएका छन् ।

हाइग्राउन्ड एडभेन्चर्स प्रा.ली कम्पनीको पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनका अनुसार पछिल्लो समयमा बन्जी जम्प र जिप लाइनमा सोचेको भन्दा पनि राम्रो र बढी आकर्षण बढेको देखेर आफू निकै खुशी भएको बताए ।

पर्यटकीय नगरी पोखरामा गएर बन्जी जम्प गर्दा छुटै मज्जा भएको आशा शिवाकोटीले बताइन । उनले भर्खरै मात्र बन्जी जम्म गरेकी हुन। उनले भनिन, 'म बन्जी जम्प गर्नेका लागि नै यस ठाउँमा आएको हो ।'

आन्तरिक पर्यटकको रोजाईमा रहेको पोखरा यस्तै शाहसी खेलसँगै फस्टाउँदै गएको हो । कारोनाको कहरले सुनसान भएको पोखरा बन्जी जप र जीप लाइन जस्तो खेलले अहिले उडाएको छ ।

त्यस्तै काठमाडौंका अर्जुन पोखरेल हेम्जामा गएर उल्टो बन्जी जपको अनुभव लिएका थिए । उनले भने,‘ मैले भोटेकोशीमा सुल्टो गरे र फरक अनुभव लागि यस पटक पोखरमा आएर उल्टो गर्दा फरक अनुभूति भयो । उल्टो बन्जी जप अलि बढि डर लाग्यो ।’

पछिल्लो समय धेरै यूवापुस्ताले बन्जी जम्पको भिडियो टिकटकमा पोष्ट गरेको पाइन्छ्। बन्जी जपमा पछिल्लो समय सेलिब्रटिको पनि आकर्षको बढेको पाइन्छ ।


नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको उल्टो बन्जी गरेर चर्चामा आएका थिए । यस ठाउँमा पूर्व मिस नेपाल श्रिखला खतिवडाले बन्जी जप र माल्भिका सुब्बाले पनि जिपलाइन गरेकी थिइन् ।

प्राकृतिक सौन्द्रयले भरिपूर्ण स्थान पोखरामा साहासिक खेल बन्जी जम्प, जिप फलायर र प्याराग्लाइडिङ लगायतले अन्तिरक पर्यटक बढेको छ । दसैंपछि धैरैजना पोखरमा रामउँदैं विभिन्न खेलको मज्जा लिएका थिए । बन्जी जम्प उल्टो, सुल्टो, डबल, सिंगल गरी गर्न सकिन्छ।



हाइग्राउन्ड एड्भेन्चर नेपाल प्रालिले पोखरा हेमजामा विगत ६ बर्ष देखि बन्जी जम्प संचालनमा ल्याएको छ।


बञ्जी बाट ८५ मिटर सम्म जम्प गर्न सकिने गरी १ सय २५ मिटरसम्मको बन्जीको उचाई रहेको छ । उक्त बन्जी जम्पमा करिब ८ करोडको लगानी भएको कम्पनीले जनाएको छ ।यसरी सहासिक महोरोञ्जनात्मक खेलमा आकर्षक बढेसँगै कम्पनी पूर्ण रुपमा सुचारु भएपछि पर्यटन व्यवसायमा टेवा पुगेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics