हात्तीको दाह्रा सहित पक्राउ



हात्तीको दाह्रा सहित प्रहरीले बाँकेमा एकजनालाई पक्राउ गरेको छ ।जंगली जनावर हात्तीको १ थान दाह्रा सहित बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ३९ वर्षीय पुरन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर पछाडी बारीमा खाल्डो खनी लुकाई राखेको अवस्थामा उक्त दाह्रा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics