उपत्यकाका पाँच स्थानमा देखियो बर्डफ्लु, सात हजार हाँसकुखुरा नष्ट



काठमाडौं -काठमाडौं उपत्यकाभित्र पाँच ठाउँमा हाँसकुखुरामा बर्डफ्लु संक्रमण (एच फाइभ एन वान) पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको शंखमूल, तारकेश्वरको वडा नं. १ र ७, नार्गाजुनको वडा नं. ६ तथा भक्तपुरको चाँगुनारायणमा संक्रमण पुष्टि भएको हो ।

पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्रअनुसार माघ १५ गते पहिलोपटक खुमलटास्थित नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा अनुसन्धानका लागि राखिएको एउटा पंक्षीमा बर्डफ्लु पुष्टि भएको थियो ।

नार्कसहित मंगलबारसम्म बर्डफ्लु देखिएका स्थानमा पालिएका ६ हजार ७१८ वटा हाँसकुखुरा, १० हजार २४५ अण्डा र  ५५० केजी दाना नष्ट गरिएको छ । डा. ढकालकाअनुसार हाल संक्रमण देखिएकामध्ये व्यवसायिक फार्म र सानो संख्यामा पालिएका हाँस कुखुरा पनि छन् । संक्रमण देखिएका क्षेत्रका अन्य घरपालुवा पंक्षीको पनि नमूना परीक्षण भइरहेको उनले बताए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics