जलवायु परिवर्तनको प्रभाव : हवाईयात्रामा बढ्दैछ झट्का


काठमाडौं – तपाई कुनै स्थानको यात्रा जहाज मार्फत् गर्दैहुनुहुन्छ र पहिले त्यही जहाजमा त्यहीँ मौसममा यात्रा गरे भन्दा जहाज उडानमा झट्का महसुस गरिरहनु भएको छ भने सम्झनुहोस यो मौसममा आएको परिवर्तनको कारण हो । अर्थात जलवायु परिवर्तनको कारण पनि हो ।

एक अध्ययनका अनुसार पछिल्लो समय जहाजमा यस्ता झट्का बढीरहेका छन् । जलवायु परिवर्तनको कारणबाट हावाको वायुमण्डलीय लहरमा परिवर्तन देखिन थालेपछि यो समस्या बढ्दैछ ।

एक अध्ययन अनुसार सन् १९७९ देखि २०२० सम्ममा लगातार एयर टर्बुलेन्स बढिरहेको छ । सन् १९७९ मा यो १७.७ घण्टा रहेकोमा सन् २०२० मा बढेर २७.४ घण्टा पुगेको छ ।

त्यस्तै मध्यमस्तरको टर्बुलेन्स ३७ प्रतिशतले बढेको छ । त्यसले अब हवाईयात्रुले जहाजमा यात्रा गर्दा आकाशमा जहाज हल्लिएर धेरै झट्का खप्नुपर्नेछ । यसले हवाई यात्रुमा त्रासको अवस्था सिर्जना गर्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics