जलवायु परिवर्तनको असर कफी खेतीमा, २०५० सम्ममा उत्पादन आधा घट्ने


काठमाडौं – विश्वमा चियासँगै कफीको माग उच्च छ । अहिले नेपालमा पनि कफी पिउने चलन बढ्दो छ । नेपालमा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका कफीको बिक्री हुन्छ ।

यसको खेती विस्तार गर्नुपर्छ भन्ने सोच पनि फैलिरहँदा यसको खेतीमा पनि जलवायु परिवर्तनको असर देखिएको एक अनुसन्धानले देखाएको छ ।

पृथ्वीको तपक्रम बढ्दै जाँदा कफी उत्पादनमा पनि कमी आइहरको विज्ञ बताउँछन् । उनीहरू भन्छन्, ‘जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा विश्वमा कफी उत्पादन गर्ने भूमि आधाले घट्नेछ ।’

उनीहरूका अनुसार विश्व तापमान १.५ डिग्री, २.४ डिग्री वा ४ डिग्री सेल्सियसले बढ्दा कफीको उत्पादनमा ५० प्रतिशतले गिरावट आउनेछ । यसबाट ब्राजिल, भियतनाम, इण्डोनेसिया तथा कोलम्बिया जस्ता देशहरु सबैभन्दा धेरै प्रभावित हुनेछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics