अनिलकुमारको नेतृत्वमा नेचर गाइड एसोसिएसन
- नेचर खबर
काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका अनिलकुमार गुरूङ नेचर गाइड एसोसिएसन चितवनको अध्यक्षमा निर्वाचित भएका छन् ।
नेचर गाइडहरूको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाको प्रतिष्पर्धा भएको थियो । गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरूङ निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा रामगिरप्रसाद चौधरी निर्वाचित भए। उनले अनिल शिवाकोटीलाई पराजित गरेका थिए ।
समितिको सचिवमा ओमप्रकाश थापा, कोषाध्यक्षमा पुष्पराज पाठक, सदस्यहरूमा दिलिप सुवेदी, जितेन्द्रकुमार सिंह, सम्झना आचार्य तिवारी, सुस्मिता न्यौपाने, सन्तोष क्षेत्री भट्ट, सन्जय ढकाल र बद्रिप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएको पूर्वअध्यक्ष जितबहादुर तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस