बालेनले प्रयोग गर्दैछन् डेंगु रोक्न नेपालमै पहिलो पटक काठमाडौंमा यस्ताे औषधि
- नेचर खबर
काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन् । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने दाबी गरिएको छ । यसले डेंगु रोग फैलन नदिने उनको भनाइ छ ।
मेयर शाहले डेगु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा गरिएको तथा अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।
काठमाडौँमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide )छर्कदैछौ ।
यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिल्लो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरूमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस