नारायणीमा माछा मार्न १९२ जनालाई लाइसेन्स


चितवन — माछा मारेर जीवन निर्वाह गर्दै आएका परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले वैधानिक रूपमा माछा मार्न पाउने लाइसेन्स दिएको छ ।

नदीमा आश्रित १ सय ९२ जनालाई नारायणी नदीमा माछा मार्न पाउने लाइसेन्स दिइएको हो । हरेक साउनमा नारायणी र राप्तीमा माछा मार्ने लाइसेन्स नवीकरण गर्न पर्ने व्यवस्था छ ।

निकुञ्जका सूचना अधिकृत गणेश तिवारीका अनुसार लाइसेन्स लिनेहरू नदी किनारमा बसोबास गर्ने बोटे, माझी, मुसहर र थारु समुदायका स्थानीय छन् ।

नवीकरणबापत वार्षिक एक सय शुल्क लाग्छ । नवलपरासी, चितवन र मकवानपुरका बोटेमाझी, मुसहर र थारुलाई लाइसेन्स दिइएको हो ।

तिवारी भन्छन्, ‘सामान्यतया एउटा परिवारवाट एक जनालाई लाइसेन्स दिने चलन छ । नयाँ समस्यालाई लाइसेन्स दिइँदैन । जसको नाममा माछा मार्ने लाइसेन्स छ उसैले मात्र नारायणी र राप्तीमा गएर माछा मार्न पाउँछ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics