आइपीबीइएसको उपाध्यक्षमा डा. विश्वनाथ ओली निर्वाचित


काठमाडाैं - जैविक विविधता तथा पारिस्थितिकिय प्रणाली सम्वन्धी अन्तरसरकारी मञ्च (आइपीबीइएस) को उपाध्यक्षमा पूर्व सचिव डा. विश्वनाथ ओली निर्वाचित भएका छन् । मञ्चमा १ अध्यक्ष सहित जम्मा १० जना निर्वाचित भएका हुन् । जैविक यसकाे मुख्यालय जर्मनीको बोनमा छ । नेपाल लगायत १ सय ४३ देश यसको सदस्य छन् ।

डा. ओली लामो समयदेखि जैविक विधिधता, वातावरण तथा वन क्षेत्रको संरक्षण र लोकतान्त्रिकीकरणको क्षेत्रमा काम गरिरहेका छन् । यो मञ्च जैविक विविधताको संरक्षण र दिगो उपयोग, दीर्घकालीन मानव कल्याण र दिगो विकासको लागि जैविक विविधता र पारिस्थितिक प्रणाली सेवाहरूको लागि विज्ञान र नीतिमार्फत काम गर्न र नीति सुदृढीकरणका लागि स्थापित एक स्वतन्त्र अन्तरसरकारी निकाय हो ।

यसको स्थापना पनामा सिटीमा २१ अप्रिल २०१२ मा ९४ देशका सरकारको सहभागितामा भएको थियो । सन् २०१३ मा संयुक्त राष्ट्रसंघीय  वातावरण कार्यक्रम (यूएनईपी) को गभर्निङ काउन्सिलको स्वीकृतिमा आईपीबीईएसलाई सचिवालयको सेवा उपलब्ध गराउदै आएको छ । मञ्चको माथिल्लो तहमा नेपालले प्रतिनिधित्व गरेको यो पहिलो पटक हो

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics