‘कार्वन’ लाभमा ध्यान दिउँ’

काठमाडाैं - एशियाली विकास बैंकका पूर्व अध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् । पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताए ।

जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराए ।

सो अबसरमा प्रधानमन्त्री दाहालले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याए ।

नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले मारेको फड्को आफूहरुका लागि पनि प्रेरक भएको बताए ।

यसैगरी कुरोदाले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्कर, पूर्व अर्थमन्त्रीहरु, अर्थविद्, वाणिज्य बैंकका कार्यकारी अधिकृतहरुसंग नेपालको आर्थिक विकासका विभिन्न पक्षबारे छलफल गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics