मनसुन बाहिरिए पनि फेरि पर्दैछ पानी, दसैंमा कस्तो होला मौसम ?

काठमाडौं – मनसुन बाहिरिए पनि फेरि देशैभर पानी पर्ने भएको छ । मंगलबार देखि मध्य र पूर्वी भेगमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह–प्राध्यापकसमेत रहेका मौसमविद् विनोद पोखरेलले बताए ।

मंगलबारदेखि एक दुई दिन देशका केही ठाउँमा मात्रै वर्षा भए पनि आउँदो सोमबारदेखि बुधबारसम्म भने देशका धेरै ठाउँमा लगातार पानी पर्ने सम्भावना छ । तर दसैंका प्रमुख दिनहरूमा मौसम सफा रहने पूर्वानुमान छ ।

कात्तिक १ गतेदेखि मौसममा सुधार हुने देखिएकोले दशैँका मुख्य दिनहरूमा पानी नपर्ने पोखरेलले बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics