‘लोपन्मुख’ वर्गमा सुचिकृत काठे भालु संरक्षण दिवस आज

काठमाडौं – काठे भालुको संरक्षण गर्ने उदेश्यले मनाउँदै आएको ‘विश्व काठे भालु संरक्षण दिवस २०२३’ विहिबार विभिन्न कार्यक्रमका साथ नेपाल र भारतसहित विभिन्न मुलुकमा मनाइँदैछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा काठे भालुलाई असुरक्षित वर्गमा राखेको छ । यसको जनसंख्या घट्दै गएकाले चेतना जोगाउन र संरक्षण गर्नका लागि अघिल्लो वर्ष अर्थात सन् २०२२ देखि यो दिवस मनाउन थालिएको हो ।

यो भालु नेपालको तराई क्षेत्रमा पाइन्छ । काठे भालुको मानिसको नजिकमा बस्न रुचाउँछ । त्यसैले पनि यो लोप भइसकेको हुनाले यसलाई ‘असुरक्षित’ वर्गमा राखिएको हो । नेपालको राष्ट्रिय रातो सूचीमा भने काठे भालुलाइ ‘लोपन्मुख’ वर्गमा सुचिकृत गरिएको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर यसको संख्या १० हजार देखि २० हजारको हाराहारीमा मात्रै हुनसक्ने अनुमान गरिएको छ । काठे भालु भारतीय उपमहाद्वीपमा रैथाने भालु हो । यसको फैलावट भारतमा व्यापक छ र यो भारतको १९ राज्यमा पाइन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics