आर्थीक विकास, हरित अर्थतन्त्र र प्रविधिमा सुधार एनआरएनए उम्मेदवारको प्रमुख मुद्दा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि चुनावी मैदानमा आएका चर्चित उम्मेदवारहरूले आर्थीक विकास, हरित अर्थतन्त्र र प्रविधिको हस्तान्तरणका विषयलाई आफ्नो प्रतिवद्धताको प्राथमिकतामा राखेको बताएका छन् ।

संघका वर्तमान कार्यकारी अध्यक्षसमेत रहेका हालका एक उम्मेदवार डा.बद्री केसीले गैरआवासीय नेपालीको हकहित र नेपालको विकासका लागि आफूले सक्दो पहल गर्दै आएको र अब पनि गरिहने बताए । उनले अबको जमाना प्रविधि हरित क्रान्तिको भएकाले यो विषयमा आफ्ना आगामी दिनको योजना बन्ने बताए ।

यस्तै उनले ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामुलक बनाई निरन्तरता दिने, नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाइने उनले आफ्नो प्रतिवद्धतामा समेटेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय थिंक ट्यांकहरूसँग सहकार्य लगायतका गतिविधि अगाडि बढाएर नेपाल बौद्धिक प्रतिभाहरूको मुहान तथा गन्तव्य दुवै हो भन्ने सन्देश प्रवाह गर्ने, नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न पुलको रुपमा भूमिका निर्वाह गर्ने र नेपाल सरकारले पर्यटन गन्तव्यका रुपमा अघि सारेका स्थानमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उनले योजना सुनाए । उनले अब नेपालमा प्रविधिको हस्तान्तरण सँगै आर्थीक विकास र हरित अर्थतन्त्रको पनि विकास गर्नुपर्ने भएकाले यसमा आफ्नो मुख्य भूमिका रहने बताए ।


डा. केसी सन् २००३ देखि एनआरएनए अभियानमा होमिएका हुन् । उनले २००७ सम्म एनसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि २००९ सम्म एनसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । सन् २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ –२०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९–२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन् । बायोटेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ । केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रूपमा सम्पन्न भएको छ ।

यस्तै अर्का उम्मेदवार महेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार (आरके) शर्माले पनि नेपाल र गैरआवासिय नेपालीको विकासमा ध्यान दिने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics