हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई पक्राउ

दमक- हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ जरूवा टोल बस्ने ४७ वर्षीय तिखबहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बु छन् ।

उनीहरुलाईलाई ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

तिखबहादुरको किराना पसलमा हात्तीको दाह्रा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त वस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाईसमेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics