डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

डोटी - डोटीमा भालुको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् ।

जिल्लाको आदर्श गाउँपालिका–३ घट्टेखोलाकी २८ वर्षीया कमला आउजी भालुको आक्रमणबाट घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घाँस काट्न जङ्गलमा गएका बेला मङ्गलवार बेलुकातिर आउँजीलाई भालुले आक्रमण गरेको हो ।

आक्रमणबाट घाइते भएकी आउँजीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइकोमा थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको अस्पताले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics