हात्ती धपाउन गएका खड्काको हात्तीकै आक्रमणमा मृत्यु

सुनसरी – सुनसरीको इटहरीमा जंगली हात्ती धपाउने क्रममा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

इटहरीस्थित चारकोशे झाडीबाट निस्किएको हात्तीको आक्रमणबाट इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको हो ।

गएराति साढे ९ बजे जंगल क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चार दिनयता इटहरी १९, २०, २ र ३ नम्बर वडामा हरेक रात हात्तीको बथान छिर्ने गरेको छ । हात्तीको बथान धपाउन ठूलो संख्यामा स्थानीय भेला हुने गरेका छन् ।

सोहीक्रममा गएराती खड्कालाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics