‘मिचोङ्ग’ आँधी : दक्षिण भारतमा १७ को मृत्यु, ४० लाख प्रभावित
- नेचर खबर
काठमाडौं - बंगालको खाडीमा विकसित मिचौंग नाम दिइएको सामुद्रिक आँधीका कारण भारी वर्षा र बाढीका कारण दक्षिण भारतको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
दक्षिण भारतको आन्द्र प्रदेश र तमिनाडु सबैभन्दा धेरै प्रभावित भएका छन् । भारी वर्षासँगै बाढी आउँदा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बाढीले चेन्नई डुबानमा परेको छ । तमिलनाडुका मुख्य सचिवकाअनुसार आँधीका कारण पछिल्लो दुई दिनमा तीन महिनामा परेको पानी सरह वर्षा भएको छ ।
एक सय प्रतिघण्टाको गतिमा आँधी आएको र उत्तरतर्फ अगाडि बढेको उक्त आँधी तलंगाना पुग्दा केही कमजोर भएको भारतीय अधिकारीहरुले बताएका छन् ।
आँधीका कारण ४० लाख मानिस प्रभावित भएका छन् । चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल सोमबार १६ घण्टासम्म प्रभावित भएको थियो ।
मंगलबार दिउँसोदेखि विमानस्थल सञ्चालनमा आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस