झापामा जंगली हात्ती मृत फेला, मृत्युको कारण खोज्दै प्रहरी

झापा - झापामा जंगली हात्ती मृत भेटिएको छ । बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

स्थानीयको सखरखण्ड खाएर क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ । यो वर्ष झापामा तीनवटा हात्तीको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट गत १५ मंसिरमा हल्दिबारी-३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics