आजको मौसम : कतै आंशिक बदली, कतै सफा

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने महाशाखाकाले जनाएको छ । यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा देशभरीको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics