चर्न गएका गाईबस्तु जब नदी तर्न नसकेर टापुमै फसे…

काठमाडाैं - सर्बियामा ड्यान्यूब नदीको एउटा टापुमा २०० बस्तुभाउ फसेपछि तिनको उद्धार गर्न थालिएको छ।

बेल्ग्रेडबाट पश्चिमोत्तर भागमा अवस्थित क्रिसेजिन टापुमा चर्न गएका गाईबस्तु, बाछा र घोडाहरू गत साता नदीमा पानीको तह बढेपछि त्यहाँ अलपत्र परेका हुन्।

ती बस्तुभाउलाई उद्धार गर्ने प्रयास यो साता मङ्गलवार सुरु भएको हो। अहिलेसम्म केही दर्जन घोडा र बस्तुभाउलाई बाहिर निकालिएको छ।

त्यहाँ कठ्याङ्ग्रिने जाडो बढ्न थालेकाले बाँकी बस्तुभाउलाई चाँडै जीवितै उद्धार गर्नुपर्ने चुनौती छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics