सुर्खेतमा सकियो वातावरणीय अध्ययन सम्बन्धि तालिम

सुर्खेत – सुर्खेतमा वातावरणीय अध्ययन सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा तालिम केन्द्र र यूएसएआईडी जल जंगलको संयूक्त आयोजनमा उक्त तालिमको गरिएको हो ।

सो तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट डिभिजन वन अधिकृत, घरेलु तथा उपभोक्ता हित संरक्षण अधिकृत, प्रदेश वन निर्देशालयका निर्देशक, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक, भू –संरक्षण तथा जल कार्यलय जुम्ला र सुर्खेतका अधिकृत र प्रदेशमा रहेका विभिन्न मन्त्रालयबाट अधिकृत स्तरका कर्मचारीहरूको सहभागिता थियो ।

यूएसएआईडी जल जंगल परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाहीका अनुसार प्रशिक्षार्थीहरूलाई कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा बिनोदप्रसाद देवकोटा, कानुन अधिकृत खगेन्द्रकुमार खत्री, वन अधिकृत निरज श्रेष्ठ, युएसएआईडी जल जंगल परियोजना प्राविधिक निर्देशक नारायण बेल्वासे, कर्णाली भू–परिधि टिम लिडर भुपेन्द्र शाही, वातावरणविद निरञ्जन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।

प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र बासुकलाको सभापतित्वमा भएको तालिमको उद्घाटन कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण कुमार बि.सी ले गरेका थिए । तालिममा प्रशिक्षित सहभागीहरूलाई सचिब डा. बिनोद प्रसाद देवकोटाले प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा मन्त्री कृष्ण कुमार बि.सीले जैबिक विविधता एवं प्रकृति संरक्षणका कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । कार्यक्रमका बिषेश अतिधि डा. बिनोद प्रसाद देबकोटाले कर्णाली प्रदेश अन्य प्रदेशको तुलानमा जैविक विविधताले भरिपूर्ण प्रदेश भए पनि जैविक विविधता, प्रकृति संरक्षण र विकास निमार्णका कार्यहरूलाई संगसंगै गर्नलाई चुनौतीपूर्ण भएको र कतिपय विकास निमार्णका कार्यहरू वातावरण अध्ययन विनै गर्नाले वन संरक्षण र दिगो विकासमा थप चुनौति रहेको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरूले विकास निर्माणका कार्यहरू गर्दा वातावरणिय पक्षहरू महत्वपूर्ण भुमिका हुने, वातावरणिय पक्षलाई ध्यान दिदा विकास निर्माणका कार्यहरू दिगो हुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको जनाएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics