घाँस काट्न जाँदा बँदेलको आक्रमण, जगुदेवीको मृत्यु

डोटी – डोटीमा बदेलको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार बिहान बदेलको आक्रमणमा परी घाइते भएकी के.आई.सिंह गाउँपालिका – १ की जगुदेवी भुलको उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

मंगलबार विहान अन्दाजी ३५ वर्षीय जगुली देवी भुल र सोही ठाउँ बस्ने ७२ वर्षीय पुरुष भगी भुललाई बँदेलले आक्रमण गरेको थियो । उनीहरुलाई उपचार लागि जिल्ला अस्पताल डोटी लगिँदै थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बिष्टका अनुसार जगुली देवी भुलको टाउको, दुवै खुट्टामा गम्भीर चोट लागेका कारण बाटो मै मृत्यु भएको हो ।

जिल्ला अस्पताल डोटीका डा. निराजन श्रेष्ठले भगी भुलको टाउकोमा सामान्य चोट लागेको बताए । उनीहरूलाई मंगलबार बिहान ९ बजेको समयमा घर नजिकै खेतमा घाँस काट्ने क्रममा जंगली जनावर बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics