थाइल्यान्डमा फेला पर्‍यो लिथियमको भण्डार, १ करोड ५० लाख टन रहेको अनुमान

बैंकक - थाइल्यान्डले करिब १ करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले बताएका छन्। उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवद्र्धन गर्नेछ। यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई १ करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलगअलग साइटको बीचमा फैलिएको जानकारी दिए। ‘हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौं भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौं, यसमा समय लाग्छ’, उनले भने। लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने बेट्रीहरूको निर्माणमा प्रमुख घटक हो।

प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics