कृषिमा लगानी दशक घोषणा

काठमाडौं - सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको समयलाई कृषिमा लगानी दशक घोषणा गरेका हुन् ।

कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गरिनेछ । सरकारी नीजि तथा सहकारी कृषि क्षेत्रमा लगानी अभिबृद्धि गर्न २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ । भुगोल बजार र सम्भाव्यता एव पारदर्शिता अनुकुल प्रदेश र स्थानीय तहबाट कृषि उपज विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्दन गरिने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics