बढ्दो तापक्रम : मानिसलाई कि मौसमलाई दिने दोष ?

काठमाडौं – भारत र पाकिस्तानका केही क्षेत्रका स्थानीयले पछिल्ला केही साता अहिलेसम्मकै उच्च तापक्रमको उष्णलहर सामना गरे । ५० डिग्री सेल्सिअस माथिको तापक्रमले यो क्षेत्रलाई विगत दुई वर्ष देखि सताइरहेको छ ।


इथियोपिया र सोमालियाले दशकौँयता अहिलेसम्मकै खराब खडेरी सामना गरेका छन् । इराकमा शृङ्खलाबद्ध रूपमा आएको खराब धुलोको आँधीले एप्रिलयता सयौँलाई अस्पताल पु¥याएको छ । के यो सबै जलवायु परिवर्तनको कारण हो ? यो प्रश्न सोसल मिडियामा बारम्बार देखिने गरेको छ ।


के हामीले अहिले झेलिरहेका उष्णलहर, बाढी, आँधी र खडेरीजस्ता मौसमका चरम अवस्थाहरू तापमान वृद्धिसँग नै सम्बन्धित छन् भन्ने प्रमाण छ ? मौसमलाई आरोप लगाउन मिल्छ ? यसको छोटो जबाफ ः मिल्छ ।


वैज्ञानिकहरूबीच एउटा सैद्धान्तिक सहमति भएको छ जसको आधारमा यस्ता घटनाहरू कुन तहसम्म जलवायु परिवर्तनले सिर्जना गरेका हुन्छन् वा प्रभावित पारेका हुन्छन् भनेर जबाफ दिन सकिन्छ । एक्ट्रिम इभेन्ट एट्रिब्युस भनिने विज्ञानको एउटा क्षेत्रले त्यस्तो सम्भव तुल्याउने उनीहरू बताउँछन् ।


यो तुलनात्मक रूपमा विज्ञानको नयाँ क्षेत्र हो भए पनि तीव्र गतिमा परिष्कृत भइरहेको लन्डन स्कुल अफ इकोनोमिक्समा वातावरणीय भूगर्भ शास्त्रका सहायक प्राध्यापक डा. थोमस स्मिथ बताउँछन् । डा. स्मिथ भन्छन्ः ‘सन् २०१८ चरम मौसमी घटनाबारे सयौँ अध्ययन भएका छन् । जसले चरम मौसमी घटनाका पक्षहरू खोज्नेदेखि मानवसिर्जित जलवायु परिवर्तनका कुरा हेरिरहेका छन्,’ उनले भने, ‘त्यो अहिले डढेलो, समुद्री आँधी, उष्णलहर, खडेरी र अतिवर्षाका घटनासँग जोडिन्छन् ।’


यस क्षेत्रका वैज्ञानिकहरूको समूह वर्ल्ड वेदर एट्रिब्युसन डब्ल्यूडब्ल्यूएले हालै चरम मौसमी घटना र जलवायु परिवर्तनबीचको सम्बन्धलाई कसरी व्याख्या गर्ने भन्ने एउटा पुस्तक प्रकाशन गरेको छ । त्यसको प्रमुख लेखक इम्पेरिअल कलेज लन्डनकी जर्मन जलवायुशास्त्री फ्रेडरिक अटो धेरै मानिसहरूलाई मौसमी घटनालाई विश्वव्यापी तापमान वृद्धिले कसरी असर पारिरहेको भन्ने थाहा भए तापनि त्यसले विभिन्न क्षेत्रहरूमा कसरी भिन्न प्रभाव पार्छ भन्ने बुझाइमा कमी रहेको बताउँछिन् ।


उनी र उनका सहकर्मीहरूले अत्यधिक धूमपान गर्नेमा धेरै पाइने फोक्सोको क्यान्सरसँग त्यसको तुलना गरेका छन् । उनीहरूको व्याख्यामा त्यस्ता घटनामा चिकित्सकले चुरोटले नै क्यान्सर गराएको भनेर ठोकुवासाथ भन्न सक्दैनन् ।


तर उनीहरूले चुरोटहरूका कारण भएको असरले त्यसो हुने सम्भावना उच्च गराएको भन्ने अवश्य भन्न सक्छन् । ‘त्यही तरिकाले हेर्दा जलवायु परिवर्तनले घटना घटाउन सक्दैन किनभने सबै मौसमी घटनाका कैयौँ कारण हुन्छन् तर विश्वव्यापी तापमानले कति सम्भावित र कुन तहको भन्ने देखाउँछन्,’ उनीहरू भन्छन् ।

यसले कसरी काम गर्छ ?
यसमा कम्प्युटर मोड्युलहरू प्रयोग गरेर दुई वटा अवस्थालाई हेरिन्छ । पहिलोले मौसमलाई हालको अवस्थामा अनुभूत गर्छ जसमा मानिसहरूका गतिविधिले हुने जलवायु परिवर्तन समेत समेटिन्छन् ।


त्यसको अर्थ क्लाइमेट मोडेल सिमुलेसनलाई बारम्बार उही अवस्थामा सञ्चालन गर्दै धेरै वर्षको जलवायुलाई हालको अवस्थामा देखाइन्छ ।


दोस्रो खाले एउटा प्रयोगमा उत्सर्जन भएका हरितगृह ग्यासको प्रभाव हटाइन्छ र औद्योगिक क्रान्तिभन्दा अघिको अवस्थामा जलवायुलाई पुर्याइन्छ ।


त्यसपछि वैज्ञानिकहरूले त्यस्ता चरम अवस्था सिर्जना भएका अवस्था, विश्व तापमान वृद्धि हुँदा र नहुँदाको अवस्थामा गणना गर्छन् ।


त्यस्ता सङ्ख्याहरूलाई तुलना गरेर उनीहरूले पहिलो परिदृश्यमा तीन गुणा धेरै भएको पाए भने मानवसिर्जित जलवायु परिवर्तनले घटनाहरू हुने दर तीन गुणा बढ्ता देखिन्छ । व्यवहारमा जलवायु परिवर्तनबाट मौसमी घटनाहरू फरक–फरक तहमा प्रभावित हुन्छन् । ‘विश्व तापमान वृद्धिका कारण सबै उष्णलहरमा जलवायु परिवर्तनको प्रभाव हुन्छ,’ अटो बताउँछिन् ।


जसको नतिजाले गर्दा जिज्ञासा उत्पन्न गराउने कुरा भनेको कसरी विश्व तापमान वृद्धिले सबैभन्दा खराब अवस्था गराउँछ वा सम्भवतः कम क्षति पु¥याउँछ’ भन्ने हो ।


‘यदि हामीले साइबेरियामा सन् २०२१ मा आएको उष्णलहर हे¥यौँ भने हामीले जलवायु परिवर्तनले त्यो घटना सम्भव पारेको पाउँछौँ जुन जलवायु परिवर्तन नभएको भए कहिल्यै नहुन सक्थ्यो,’ अटोले भनिन्, ‘जबकि हामीले सन् २०१९ मा केही युरोपेली उष्णलहरको समीक्षा गर्दा यूकेका केही भागमा उच्च तापक्रम पाँच गुणासम्म बढ्दा हुने सम्भावना देखिएको थियो ।’


डब्ल्यूडब्ल्यूएका विज्ञहरूले पानी पर्ने कुराको समेत जलवायु परिवर्तनको असर हुने बताउँछिन् । किनकि तातो हावामा धेरै आर्द्रता रहने गर्छ । यद्यपि समुद्री आँधी, खडेरी, बाढी र डढेलोजस्ता अन्य घटनामा जलवायु परिवर्तनले पूरै भूमिका खेलिरहेको छ त भन्ने प्रश्न उब्जिन्छ ।


उनीहरूको व्याख्यामा खडेरी धेरै कारणको मिश्रणबाट हुनसक्छ जसमा कम वर्षा, उच्च तापमान र वायुमण्डल र जमिन सतहबीचको अन्तर्क्रिरया लगायतका कारण पर्छन् । बाढी पनि त्यसैगरी अधिक वर्षाजस्ता कारणबाट आउँछ जसमा मानव क्रियाकलापको रूपमा जमिनको प्रयोग कसरी भइरहेको छ भन्ने कुरा समेत जोडिन्छ ।


उनीहरूले बर्सेनि हुने उष्णदेशीय समुद्री आँधीको समग्र सङ्ख्या परिवर्तन नभएको बताउँछन् । तर जलवायु परिवर्तनले निकै शक्तिशाली र विनाशकारी आँधीहरू आउने क्रम देखाएको विज्ञहरू बताउँछन् ।


डढेलोको हकमा विवरणहरू सीमित हुन सक्छन् जसले गर्दा ठोकुवा गरेर अध्ययनमार्फत बताउने काम चुनौतीपूर्ण देखिन्छ । तर उनीहरूले आगलागी हुने मौसम सबै महादेशका भागहरूमा बढिरहेको देखिएको बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics