झोलुंगे पुलमा फसेका ९ खच्चडको उद्धार, २ वटा निकाल्न सशस्त्रको अर्को टोली जाँदै

काठमाडौं – दैलेख र अछाम जोड्ने कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा फसेका ९ वटा खच्चडको मात्रै सकुशल उद्धार भएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाका अनुसार पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा तिनीहरूलाई खसाल्न थालिएको थियो ।

स्थानीय भरत साउदका अनुसार अझै दुई वटा फसेकै अवस्थामा छन् । फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । ‘तार काटेर झारियो भने सिधै मर्ने भए । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदैछ’, उनले भने ।

पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics