कोदो दिवस : माग धान्न आयतकै भर, ५ वर्षमा साढे ३ अर्बको आयात

काठमाडाैं - आज कोदो दिवस । पछिल्लो समय कृषि अभियन्ताहरुले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवस मनाउन थालेका छन् । २०७७ सालबाट यो दिवस मनाउन थालिएको हो । कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाउन भालिएको सरोकारवालाहरुको भनाइ छ।

तीन अर्बको कोदो आयात
पाखो बारीमा सजिलै उत्पादन हुने कोदो पछिल्लो पाँच वर्षमा साढे तीन अर्थ रुपैयाँबराबरको आयात भएको छ। सरकारले मुख्य खाद्यान्न वालीमा चौथो स्थान (धान, गहुँ, मकै र कोदो) मा कोदोलाई राखेको छ। तर, वही बालीमा मुलुक आत्मनिर्भर वन्न सकेको छैन ।

भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्षमा साढे ३ अर्वको कोदो आयात भएको हो। विभागका अनुसार आर्थिक वर्ष २०८०-८१ मा ७५ करोड ४४ लाखको कोदो आयात भएको छ। आर्थिक वर्ष २०७९-८० मा ७३ करोड २० लाखको कोदो आयात भएको भियो। पछिल्लो समय कोदो उपभोग गर्ने बढ्‌दै गएका कारण आयात पनि बढेको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।

'विगतमा कोदोप्रति मानिसहरुको धारणा फरक थियो। अहिले राम्रो हुँदै गएको छ। यसका कारण पनि कोदोको खपत बढेको हो,' उनले भने, पछिल्लो समय कोदोको खपत र आयात बढे पनि कोदोलाई अन्नको रुपमा भन्दा बढी रक्सी बनाउने कच्चा पदार्थको रुपमा बढी प्रयोग गरिन्छ। पछिल्लो समय खेतीयोग्य जमिन घट्‌दै जानाले कोदो उत्पादनमा कमी आएर आयात बढेको हुन सक्छ।'

आन्तरिक उत्पादन बढाउन पछिल्लो समय सरकारले विभिन्न कार्यक्रम गरिरहेको प्रवक्ता केसीले जानकारी दिए। रैथाने बालीको उत्पादन वृद्धिका लागि ३ वटा स्थानीय तहमा किसानलाई प्रोत्साहित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको उनले बताए।

स्वास्थ्यका लागि कोदो धेरै उपयुक्त मानिए पनि राम्रो मूल्य नपाउने हुँदा कोदो उत्पादनमा कृषक खासै उत्साहित नभएको कृषक समूह महासंघ नेपालका अध्यक्ष तथा खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारीले बताए। आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन गर्न सरकारले कोदोको लागतअनुसार मूल्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, किसानले उत्पादन गरेको कोदो बजारमा विक्री नहुँदा सरकारले नै खरिद गर्नुपर्ने उनले बताए। कोदो उत्पादन सजिलै देशभर नै भए पनि सही मूल्य नपाउँदा किसानले आवश्यकताभन्दा बडी उत्पादन नगर्ने अधिकारी बताउँछन् । अन्य बालीभन्दा कोदो भण्डार गर्न पनि सहज हुने हुँदा सरकारले चामलजस्तै खाद्य सुरक्षाको भण्डारण गरेर राख्नुपर्छ,' उनले भने, 'विगतमा धेरैजस्तो रक्सी बनाउन बढी प्रयोग हुने भए पनि आजभोलि खाद्यान्नको रुपमा पनि उपभोग बढेको छ।'

कृषि मन्त्रालयका अनुसार नेपालमा कोदो उत्पादन हुने क्षेत्रफल साढे २ लाख हेक्टर छ। वर्षमा करिव ३ लाख टन कोदो उत्पादन हुन्छ। तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा बढी कोदो उत्पादन हुन्छ। देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो वालीले ओगट्छ। ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ। समुन्द्र सतहवाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ। -कारोबार

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics