नुवाकोटमा हेलिकप्टर दुर्घटना, सवार पाँचै जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं - नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बताए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाई दुर्घटना हुनु दुःखद् भएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics