सोलुखुम्बुमा हिमताल पुट्यो ? भोली अध्ययन गर्न जाँदैछ विज्ञसहितको टोली

काठमाडौं – शुक्रबार दिउँसो अचानक थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा घर, स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् । यस विषयमा अध्ययन गर्न शनिबार काठमाडौंबाट विज्ञसहितको टोली सो स्थान तर्फ जान लागेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो । टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसी बताउँछन् ।

उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ । रक्षा मन्त्रालय स्रोतका अनुसार, सम्भवतः रक्षामन्त्री मानवीर राई समेत त्यसतर्फ जानेछन् । बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले भने बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ । ‘हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो’, प्राधिकरणका एक अधिकारीले भने ।

एक अध्ययनले नेपालका हिमताल उच्च खोजिममा रहेको यस अघिनै बताईसकेको छ । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लने क्रम तिब्र भएको र त्यसै क्षेत्रमा बढी पानी पर्न थालेपछि हिमताल भरिएर फुट्ने जोखिममा रहेको बताइन्छ । त्यसैले अब हिमाली क्षेत्रका नागरिक र नदी किनारका नागरिकले सुरक्षित भएर बस्नुपर्ने अवस्था आएको छ ।

शुत्रबार दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामेका १२ घरसहितका होटल, विद्यालय र क्लिनिक बगाएको छ, पुरको छ । जोखिममा रहेका छ जनाको उद्धार गरिएको छ । स्थानीय समिर खालिङ राईले फेसबुकमा हालेको भिडियोमा कतैको ताल वा पोखरी फुटेर खोलामा लेदोसहीत मिसिएको देखिन्छ । उनले भिडियोमा धन्न बाँचियो भनेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics