नवलपुरको डण्डामा पछिल्लो ३ घण्टामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं – नवलपुरको डण्डा आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ ।

सोही स्थानमा रहेको वर्षामापन केन्द्रका अनुसार अझै सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यता बाढी पूर्वानुमान महाशाखाले पनि सतर्कताका लागि आग्रह गर्दै सूचना जारी गरेको छ ।

सो क्षेत्र भई बहने नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य स–साना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नवलपुरमा ६ घण्टाको अवधिमा १४७.४ र तीन घण्टा अवधिमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी चितवनको देवघाटमा तीन घण्टाको अवधिमा ७१.४ र पाल्पाको अर्चलेमा ६०.६ मिलिमिटिर वर्षा मापन भएको छ । नवलपरासी पश्चिमको देउरालीमा ५७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics