बंगलादेशमा बाढी : २० जनाको मृत्यु, ५० लाख मानिस प्रभावित

काठमाडौं - लगातारको मनसुनी वर्षाका कारण बंगलादेश बाढीको चपेटामा परेको छ । बाढीका कारण त्यहाँ २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण त्यहाँका लाखौं मानिसहरु व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको छ ।

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले टेलिभिजन सम्बोधनमार्फत प्रशासनले बाढी पीडितलाई सामान्य अवस्थामा फर्काउन सबै आवश्यक उपायहरू अपनाइरहेको बताउनुभएको छ । त्यस्तै बाढी भारतले बाँध खालेको कारण आएको बताइरहँदा युनुसले आगामी दिनमा बाढी आउन नदिन भारतसँग छलफल सुरु गरेको जानकारी दिनुभएको छ ।

रोयटर्सका अनुसार बाढीले कुमिल्ला जिल्लाको एक गाउँका किसानहरुका घर समेत बगाएको बताएको छ । यस्तै, बंगलादेशको मौसम विभागले मनसुन जारी रहेकाले बाढीको अवस्था कायमै रहन सक्ने चेतावनी दिएको छ ।

बाढी प्रभावित ११ जिल्लाका करिब ४ लाख मानिसले ३५ सय राहत शिविरहरूमा शरण लिइरहेको अधिकारीहरुले जनाएका छन् ।

बाढीले राजधानी ढाका र चटगाउँको मुख्य बन्दरगाह सहर बीचको राजमार्ग र रेल लाइनहरू क्षतिग्रस्त भएका छन् । छिमेकी म्यानमारका करिब १० लाख रोहिंग्या शरणार्थीहरूले आफ्नो घर बनाएर बसोवास कक्स बजार पनि बाढीले प्रभावित भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics