धादिङको वनमा भेटियो नयाँ प्रजातिको लोखर्के

काठमाडौं – धादिङमा नयाँ प्रजातिको लोखर्के फेला परेको छ । जिल्लाको शिद्धलेक गाउँपालिका स्थिति नलाङ ठूलो बनमा नयाँ प्रजातिको लोखर्के फेला परेको हो ।

झट्ट देख्दा लोखर्के जस्तो देखिए पनि यो उडेर एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछ । पखेटामा चार खुट्टा भएको अन्य जातिको तुलनामा ठुलो देखिने यो कुज जाति भने खुलेको छैन ।

हेर्दा लोखर्के जस्तै देखिने यो उड्ने क्षमताको हुन्छ । यो लोपउन्मुख जाति हुन सक्ने अनुमान विज्ञहरूको छ । यसको बथान उस वर्ष पहिलो पटक देखिएको हो ।

पहिले पहिले यसलाई मारेर मासु समेत खाने गरेकोमा अब भने यसलाई संरक्षण गर्ने गरेको शिद्धलेक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पेमा वाङ्ज्याल लामा बताउँछन् । गाउँमा यसलाई रुमाले चरा भन्ने गरेको अध्यक्ष लामाको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics