पहिरोले हेटौंडा-काठमाडाैं जोड्ने कान्तिलोकपथ अवरुद्ध

फाइल तस्बिर ।

हेटौंडा - हेटौंडा-काठमाडाैं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । आज बिहान मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-१२ घट्टेपाखा स्थित कान्तीलोकपथ सडक खण्डमा वर्षाको कारण ढुङ्गासहितको पहिरो सडकमा खसेपछि सडक अवरद्ध भएको हो ।

सडक अवरोध भएपछी यस सडकबाट ओहोर दोहोर गर्ने सवारीका यात्रुहरु समस्यामा परेका छन् । सडक विभाग, र फास्ट ट्याकसँग समन्वय गरी अवरोध हटाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics